काठमाडौँ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर तथा पुनर्गठन गर्नुभएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सचिवालयमा छलफलबीना नै मन्त्रीमण्डल पुनर्गठन भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ ।
यस्तै इश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्रीले इश्वर पोखरेललाई हाल जिम्मेवारी रहेको रक्षा मन्त्रालय खोसेर आफैँसँग राख्नुभएको छ । पोखरेल अब उपप्रधानमन्त्री मात्र रहनुभएको छ ।
यस्तै लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयमा सारिएको छ । यस्तै शहरी बिकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त हुनुभएको छ ।
आज बिहान प्रचण्डसँगको भेटमा मन्त्रीमण्डल हेरफेर बारे कुनै छलफल नै नभएपनि ओलीले केही मन्त्री थप्नुभएको छ भने केही हेरफेर गर्नुभएको छ । मन्त्रीमण्डल हेरफेरको विषयलाई लिएर प्रचण्ड र ओलीबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।