सेयर
सिराहा ।
भारत तथा नेपालको मधेस क्षेत्रमा बसोबास गर्ने पासवान समूदायले सिराहाको राजा सल्हेस फुलबाडीमा अन्तर्राष्ट्रिय सल्हेस मेला लगाउन अनुमति दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन् । पासवान समूदायका राजा सल्हेस कूलदेवताको मेला हरेक वर्ष हुँदै आएकोमा यस वर्ष सिराहामा अन्तर्राष्ट्रिय रुपमा मनाउन कबीर अम्बेडकर फाउन्डेसन ट्रस्ट नयाँ दिल्लीले माग गरेको हो ।
ट्रस्टका अध्यक्ष नरेस पासवानले मधेस प्रदेशका मुख्य मन्त्री सतिस सिंह र वनमन्त्री त्रिभुवन साहलाई अनुरोधसहितको ज्ञापन पत्र बुझाएका हुन् । ट्रस्टले नेपालमा मेला आयोजना गर्दा नेपाल भारतको सम्बन्ध अझ मजबुत हुने बताएको छ ।
shere this