नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले संगठन बिस्तारमा तीव्रता दिएको छ। जस अन्तरगत आज भाद्र १२ गते सनिश्चवार मात्र ५ वटा जिल्ला भेला आयोजक समिति गठन भएको छ ।
जस अन्तरगत: सोलुखुम्बु, इलाम, अर्घाखाँची, बांके र जुम्ला गठन भएको हो । सोलुखुम्बु – काठमाडौं सम्पर्क मञ्चका क.फुर्वा तामाङको संयोजकमा हाललाई ५ सदस्य केन्द्रिय रहने गरि संगठन बिस्तार भएको छ भने, इलाम-काठमाडौं सम्पर्क मञ्चमा क. पुष्पा खालिङ संयोजकमा ५ सदस्य समिति गठन भएको छ । अर्घाखाँची – काठमाडौं सम्पर्क मञ्चका क. बिष्णु खत्री संयोजकमा पछि थप्ने गरि हाललाई ३ सदस्य सहितको समिति बिस्तार भएको छ भने, बाँके – काठमाडौं सम्पर्क मञ्चका क.बसन्त अधिकारीको संयोजकमा ३ सदस्य रहने गरि समिति बिस्तार भएको छ, र जुम्ला – काठमाडौं सम्पर्क मञ्चमा क.बिना सुब्र्णकारको संयोजकमा हाललाई ३ सदस्य रहने गरि केन्द्रिय समिति गठन गरि बिस्तार भएको हो ।
उक्त कमिटी गठनमा प्रमुख अतिथी जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष क. कमान सिंह हुनुहुन्थ्यो भने, अतिथिहरुमा सोलुखुम्बुका जिल्ला सेक्रेटरी निमा शेर्पा, तथा जनगणतान्त्रीक सम्पर्क मञ्चका महासचिव पुर्ण श्रेष्ठ, र सोही मञ्चका सचिवहरुमा टीका चौधरी, सुशील बलम्पाकी, खेम प्रधान रहनु भएको थियो । उक्त कमिटी भेलाले संगठन विस्तार र गठन जिल्ला भेला छिटै गर्ने र जनताको सेवामा सधैं समर्पित हुने निर्णय सहित एकीकृत जनक्रातिको बाटोमा जनताका मुक्तिका खातिर एक मात्र बिकल्प बैज्ञानिक समजबाद ल्याइ छाड्न जस्तोसुकै कदम उठाउने तर हार नखाने निरन्तर संघर्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।