काठमाडौँ १८ साउन ।
सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरु समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टको लागि टिम दर्ता खुलाएको छ । यही २०८१ भाद्र १४ र १५ गते हुन गइरहेको फुटसल टुर्नामेन्ट देशभरका ३२ टिमले लिग चरण र त्यसपछि नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो संकरणको दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले आयोजना गर्न लाग्दै छ भने यो प्रतियोगिताको विजेताले रु. ५०,००० को साथ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन। त्यस्तै उपबिजेताले रु ३०,००० को साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दारी ग्याङ सक्रिय सदस्य तथा दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले जानकारी गराउनु भयो ।
“परोपकारको लागि खेलकुद” शीर्षक दिइएको यो प्रतियोगिता सम्पन्न पश्चात बाकि रहेको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च हुने दारी ग्याङ केन्द्रीय सदस्य तथा दारी ग्याङ फुटसल टुर्नामेन्ट व्यवस्थापन समिति सदस्य महेश्वर घिमिरेले जानकारी गराउनुभयो ।
दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो भने विगतमा यो समुहले धेरै सामाजिक कार्य गर्दै आएको र भर्खरै दारी ग्याङ यु.के. को आर्थिक तथा सुहास डेन्टल केयरको प्राविधिक सहयोगमा नुवाकोट लिखु गाँउपालिका-६ को एक विद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरेको थियो । यसकाबाहेक दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रमदेखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको यस समुहका केन्द्रीय सदस्य प्रवीण ज्ञवालीले जानकारी गराउनु भयो । दारी ग्याङ फुटसलको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजक मार्फत उपलब्ध हुने छ ।