काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी विभाजनसम्बन्धी अध्यादेशका कारण नेकपाभित्रको विवाद चुलिएपछि छलफलका लागि बैठक बोलाईएको हो ।बैठकमा ओली पक्ष र प्रचण्ड पक्षका नेताहरुको हस्ताक्षर समेत पुगेको छ ।
यसअघि पार्टी अध्यक्ष प्रचण्ड लगायतका माधव कुमार नेपाल बामदेव गौतम झलनाथ खनाल लगायतका नेताहरुले पार्टी अध्यक्ष ओली एकलौटी हिसाबले चलेको भन्दै विरोध सुरु भएको थियो । पछिल्लो पटक नेताहरुले ओलीलाई पद छोड्न समेत दबाब दिईरहेका थिए । अध्यक्ष ओलीले नेताहरुसँगको छुट्टाछुट्टै भेटमा पद नछोड्ने बहुमत सदस्यको आफुलाई साथ रहेको बताएपछि हस्ताक्षरको स्थितिसम्म नेकपा पुगेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुँदैछ ।
प्रधानमन्त्री ओली पक्षधरले बहुमत सदस्यको हस्ताक्षर गरेको प्रचार गरेपछि अर्को समुहको पनि बहुमत सदस्यको हस्ताक्षर बोकेर बैठकमा पुगेको प्रचण्ड-नेपाल पक्षधरका एक सदस्यले जानकारी दिए । ओलीपक्षभन्दा प्रचण्ड पक्षकै बहुमत सदस्यको हस्ताक्षर बैठकमा पुगेपछि अब के हुन्छ भन्नेबारे चासोले हेरिएको छ ।