सेयर
मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या भएको छ । आज बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
५४ वर्षीय शिक्षक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको आरोप लगाइएको छ । यद्यपी आरोपको आधिकारिक पुष्टी भएको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई श्रेष्ठको हत्या भएको जानकारी जानकारी दिएका हुन् । आज बिहान ७ बजे जङ्गलमा श्रेष्ठको शव भेटिएको हो ।
shere this