-मनोज घिमिरे ।
चितवन चराहरुको लागी प्रख्यात र उद्गम स्थल मानिन्छ । चितवनमा चरा हेर्नकै लागि देशी विदेशी पर्यटक पनि आउँछन् । यहाँको हावापानी चराका लागि विशेष र उपयुक्त पनि छ । तिनखाले भौगोलिक संरचना भएकाले यहाँ आगन्तुक चराको क्रिडा पनि मज्जाले अवलोकन गर्न पाईन्छ। यो गृष्मकालिन समय हो । यतिबेला चितवनमा चराचुरुङ्गीहरु आफ्नो क्रिडाका लागि विभिन्न क्षेत्रबाट आइपुगेका छन् । अहिले चराचुरुङ्गीहरु गुड वनाउने,अंडा पार्ने र बच्चा कोरल्ने कार्यमा व्यस्त छन् । किनकी असारसम्म यिनीहरुले आफ्ना बच्चा हुर्काइसकेर उडाएर लैजान्छन् । यो लेखमा चितवनलाई क्रिडास्थल बनाउने चराहरुको जानकारी र उनीहरुका गतिबिधि नियाल्नेछौं ।
हाम्रो देश नेपालमा अहिले सम्मको अभिलेख हेर्दा नेपाल भर पाउने चराहरुको संख्या ८ सय ८६ प्रजातिहरुको अभिलेख उल्लेखित छ । जसमा संसारभरी पाइने चराहरुको कुल यो ९ प्रतिशत हो । यीमध्ये ४२ प्रजाती विश्वब्यापी संकटापन्न र ३५ प्रजाती विश्वब्यापी संकटापन्न नजिक रहेका भनि अभिलेख गरीएको छ । यसै सन्दर्भमा ६३४ प्रजातिको अभिलेख चितवनमा मात्र छ । चितवन जिल्लाको भगौलिक स्थिती समुन्द्रीसतह १५० मिटर समथर भुभाग देखि २००० मिटर अग्लो पहाडी भुभागसम्म रहेको छ । दक्षीणको १००० मिटरको अग्लो चुरे र उत्तरको २००० मिटरको महाभारत पहाड यसको विशेषता हो । याँहाको जैविक मार्ग (Corridor Forest) अर्को विषेशता हो । जसले उत्तरको माहाभारत पर्वत र दक्षिणको चुरे र चितवन राष्ट्रिय निकुञ्जलाइ जोड्ने वन हो । यो वन आफैमा चराहरुलाई थप आकर्षण गर्ने उदगम थलो हो । जहाँ समथर भुभागमा पाइने चरादेखी अग्लो भुभागमा पाइने चराहरु साथै हिउँदे आगन्तुकदेखी लिएर गृष्म तथा वर्षे आगन्तुक, स्वेच्छाचारी आगन्तुक चराहरु देख्न पाइन्छ ।

Grey Crowned Prinia (घेघरी घासे फिस्टो)
यहाँ प्रायः वसन्त ऋतुको आगमनसँगै गृष्म आगन्तुक विभिन्न प्रजातीका चराहरु आउने गर्छन । जसमा Paradise Flycatcher (स्वर्गचरी), Pied Cuckoo(जुरे काइँली), Chestnut winged Cuckoo (ठुले जुरे काइली), Chestnut Headed Bee Eater (कटुस टाउके मुरलीचरा), Blue Tailed Bee Eater( निले पुछ्ररे मुरलीचरा), Indian Cuckoo(काफल पाक्ये) , Indian Pitta (गाजले पिट्टा) , Hooded Pitta (चित्रक पिट्टा), Orange Headed Thrush (सुन्तले चाँचर) , Golden Oriole (गाजले सुनचरी), यी यस्ता चराहरु यस क्षेत्रमा आएर आफ्नो गुड बनाई , बच्चा कोरलेपछि फर्कने समयमा बचेरालाइ साथमा नै लिएर फर्कन्छन् । गृश्मकालिन आगन्तुक चरामा अर्को चरा Grey Crowned Prinia (घेघरी घासे फिस्टो) पनि हो । यो चरा भुटान , उत्तर पूर्वी भारत र नेपाल मात्र पाईन्छ । नेपालमा पनि अहिले सम्मको अभिलेख अनुसार चितवन राष्ट्रिय निकुजमा मात्र अभिलेख भएको पाईएको छ ।

Chestnut winged Cuckoo (ठुले जुरे काइली)
यी माथी उल्लेखित चराहरुको गुँड बनाउने आफ्नै-आफ्नै बिशेषता हुन्छ । कोहीले मेहेनत गरेर राम्रो चिटिक्क परेको गुड बनाएका हुन्छन् भने कोहीको जमिनमा दुलो पारेर बनाएका हुन्छन् ।

Chestnut Headed Bee Eater (कटुस टाउके मुरलीचरा)
Chestnut Headed Bee Eater (कटुस टाउके मुरलीचरा), Blue Tailed Bee Eater (निल पुछ्रे मुरलीचरा) को गुँड जमिनमा अलि उठेको ढिस्को जस्तो देखिने भागमा बनाएको हुन्छ ।

Blue Tailed Bee Eater (निल पुछ्रे मुरलीचरा)
यसले झण्डै तिन देखी चार फिटसम्म लामो दुलो बनाएको हुन्छ । यति लामो दुलो ठुलो मेहनतका साथ यो चराले बनाएको हुन्छ । एक पटकमा ५ देखी ७ वटा सम्म अण्डा पार्छ।

Paradise Flycatcher (स्वर्गचरी)
यसै गरी Paradise Flycatcher (स्वर्गचरी) को गुड रुखको हाँगाको काँपमा कप आकारको सानो र चिटिक्क पारेर गुँड वनाएको हुन्छ । आफ्नो गुँडको सुरक्षा दुवै भाले र पोथीले गर्ने गर्छन् । अन्य चराहरुमा प्रायः कुकु चराहरुले आफुले गुँड बनाउँदैनन् । यिनीहरु अरुको गुँडमा अण्डा पार्ने गर्छन् ।

Paradise Flycatcher (स्वर्गचरी)
चराहरुमा तेजीलो र फुर्तिलो चरा भनिने चिवे चराको गुँडमा र चरामा चलाख भनिने कागको गुँडमा समेत यिनीहरुले अण्डा पारिदिने गर्छन् ।

Indian Pitta (गाजले पिट्टा)
Indian Pitta (गाजले पिट्टा) , Hooded Pitta (चित्रक पिट्टा) निकै सुन्दर चरा हो । Indian Pitta (गाजले पिट्टा), या चरा अलि झुम्म परेका जंगल र साल घारी तिर पाइन्छ । असारको तेस्रो हप्ता सम्ममा यसले आफ्नो बच्चा उडाइ सकेको हुन्छ ।

Hooded Pitta (चित्रक पिट्टा)
त्यसैगरी Hooded Pitta (चित्रक पिट्टा) पनि एक सुन्दर र शान्त स्वभावको चरा हो । सालघारीको झुम्म परेको स्थान र शान्त वतावरणमा यो रहेको हुन्छ ।

Orange Headed Thrush (सुन्तले चाँचर)
Orange Headed Thrush (सुन्तले चाँचर) मार्च महिनाको अन्तिम तिर वाट आउने गर्दछ । यो चरा पनि यस ठाँउमा गुँड बनाइ बच्चा हुर्काइ हिउँदको आगमन संगै यो चरा गर्मी ठाँउ तिर नै जाने गर्दछ । गुँड वनाउन देखि लिएर वच्चा कोरल्न र हुर्काउन समेत भाले र पोथीको वरावर सहभागी रहन्छ । देख्दा निकै सुन्दर हुन्छ यो चरा , सुन्तला रङ्गको टाउको रहेको यस चरा लाइ यहि समयमा चितवनमा देख्न सकिन्छ ।

Golden Oriole (Oriolus kundoo) (सुनचरी)
Golden Oriole (Oriolus kundoo) (सुनचरी), पनि गृष्म आगन्तुक चरा हो । यो चराले पनि यहिँ गुँड बनाइ बच्चा हुर्काएर लैजान्छ । देख्दा निकै सुन्दर यो चरा पहेँलो रङ्गको हुन्छ । चितवनमा स्थानिय थारु भाषामा यो चरा लाइ “कचरपेरो” पनि भन्ने गरिन्छ । यसका अन्य प्रजाती पनि छन् । झट्ट हेर्दा सवै उस्तै देखिएता पनि यिनीहरुको केहि रङ्गका र चिन्हका कारणले फरक दखिन्छन् । यसको गुँड हाँगाको कापमा बनाइएको हुन्छ । गुँड हाँगाको कापदेखि तल अली झुन्डिएको हुन्छ । यसले २ देखी ३ वटा सम्म अण्डा पार्दछ । भाले र पोथीको बराबर सहभागीता रहन्छ गुँड वनाउन र बच्चा कोरल्ने देखी लिएर हुर्काउन सम्म । भाले पोथी दुवै मिलेर बच्चाको निकै ख्याल गरीरहेका हुन्छन् । समय समयमा बच्चाको लागी खाने कुरा खोजेर खुवाउने देखि शत्रुको आक्रमणबाट दुवैले बचाउने गर्छन् । शिकारी चरा र सर्प यिनका शत्रु हुन् ।
गोहोरोले पायो भने पनि यिनका बचेराहरु खाइदिने गर्छ तर सानो हाँगामा झुन्डिएको गुँड बनाउने हुनाले गोहोरोको डर त्यती धेरै हुँदैन् ।
केहि चराहरु प्राय खुल्ला ठाँउ अनि मानवबस्तिको आसपासमा आफ्नो गुँड बनाउदछन् । किनकी यिनीहरुले यस्तो ठाँउमा आफुलाइ बढी सुरक्षित महसुस गर्छन् । हाम्रो घर खेतवारी वरपर ५ प्रजातीका चराहरुको गुँड छ । प्रायः संकटको घडिमा यिनीहरु हामी छेउमा आइ सहयोग मागीरहेका हुन्छन् ।

Blue-tailed Bee Eater, Bardia National Park, May 2019
एक पटक Paradise Flycatcher (स्वर्गचरी) को बच्चा गुडदेखि तल खसेछ । घरमा म सितल छहारीमा मस्त थिएँ । निरन्तर चरा मेरो छेउमा आएर कराउँदा मलाइ लाग्यो कि कुनै शत्रुले यसका बचेराहरुलाइ आक्रमण गरीराखेको पो छ कि ? अनि म गुँड भएको ठाँउमा गएँ, तर त्यहाँ शत्रु होइन्, बचेरा गुँडबाट तल खसेको रहेछ । त्यहीकारण चराले मसँग गुहार मागेको थियो । चराको यो समवेदनाले म पुलकित भएँ । मैले बचेरालाइ गुँडमा राखिसकेपछि माउ खुसी भएर कराउन छोड्यो ।
यसरीनै चराहरूका मस्ती क्रियाकलापहरू यो समयमा चितवनमा अवलोकन गर्न पाइन्छ । धेरै चराहरू जंगलको बीचमा रहेका ठुला-ठुला रूखको प्वालमा गुँड लगाउने गर्छन्, यसमा यिनीहरू सुरक्षित महसुस गर्छन् । यसै त सुन्दर नगरी चितवनलाई चराका यि र यस्तै खाले कृयाकलापले झन् स्वर्ग बनाएको छ ।

Pipit
Orange Headed Thrush

Grey-crowned Prinia, Chitwan NP, Bartmeise 2020
फोटोः युवराज पौडेल, सोम जिसी, मनोज घिमिरे (जनआस्थाबाट)