काठमाडौं ।
सरकारद्धारा प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी नेकपाले सेक्युरिटी प्रेस खरिदसम्बन्धी भएको भ्रष्ट्राचारमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आशंका गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज विज्ञप्ति निकालेर सेक्युरिटी प्रेस खरिदमा प्रत्यक्ष संलग्न तत्कालिन सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाई कारबाही गर्न माग गरेको छ ।
पार्टीका महासचिव विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ । सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन् ।’
सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा गोकुल बास्कोटाको ७० करोडको घुससम्बन्धी बार्गेनिङ अडियो बाहिरिएपछि नेकपाले यस काण्डमा प्रधानमन्त्री स्वयंको पनि सहभागीता हुन सक्ने भन्दै निष्पक्ष छानविन गर्न नेकपालेे माग गरेको छ ।