सेयर
नुवाकोट ।
नुवाकोटको बेलकोटगढि नगरपालिका वडा नम्बर ११ ले वडामा प्रवेश गर्ने जो कोहीलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । वडाअध्यक्ष रामहरी पान्डेले प्रेस विज्ञप्ति जारी गरि सम्पूर्ण नागरिकहरुलाई नियम पालना गर्न अनुरोध गरेका छन् ।
विश्वव्यापी महामारी बनेको कोभिड १९ को कारण जिल्लामा लकडाउन खुलेपनि सङ्क्रमण भएको स्थान र राजधानीबाट समेत नागरिकहरु आउने जाने भएकोले वडावासीलाई वडा प्रवेश गरेपछी अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने पान्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
shere this