पश्चिम रुकुममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हिजो साँझ रा १ ज ५८९ नंवरको जीप दुर्घटना भएको हो । दुर्घटनामा आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, बर्ष ४८ का आईते चनारा, वर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा आठबिसकोट नगरपालिका वडा नं. ०८ का ५८ वर्षीय लाल बहादुर नेपाली घाईते छन् ।
जन्ती बोकेको जीप आठबिसकोट न.पा. दाजेमा दुर्घटनामा परेको हो । दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालक आठबिसकोटकै डिल्ली बहादुर नेपाली फरार छन् ।
shere this