सेयर
काठमाडौँ ।
१९ वर्षमुनिको एकदिवसीय सुदूरपश्चिम छनोट राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । शनिबार भएको फाइनल खेलमा कैलालीलाई ७४ रनले पछि पार्दै बैतडीले उपाधि जितेको हो । बैतडीले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको कैलाली २५ दशमलव पाँच ओभरमा एक सय ५६ रनमा अलआउट भयो । नरेन साउदले अर्धसतकीय पारी खेल्दै ६२ रन बनाए पनि अन्य ब्याटरले खासै प्रदर्शन गर्न सकेनन्।
बैतडीका सचिन भट्ट एक्लैले छ विकेट हात पारे । उनले सात दशमलव पाँच ओभरमा ४१ रन खर्चिए । परशुराम रङ्गमैदानमा पहिला ब्याटिङ गरेको बैतडी ४५ ओभरमा दुई सय ३० रनमा समेटिएको थियो । विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीलगायतले पुरस्कार वितरण गर्नुभयो । गत जेठ २० गतेदेखि सुरु भएको प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता थियो ।
shere this








































