सेयर
राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ ।
भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहनुभएको छ । दाङबाट रामबहादुर जीएम र शशि बुढाथोकी केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।
shere this
Recent Comments