सेयर
पार्टीभित्रको आन्तरिक विवादले स्थायी कमिटी बैठक अगाडि बढाउन नसकेपछि सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवादबारे छलफल हुँदैछ ।
नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो। गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौँ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटकपटक स्थगन हुँदै आएको छ। शुक्रबार डाकिएको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगन गरिएको छ।
बैठक बस्नुअघि पार्टी अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो ।
shere this