काठमाडौं ।
काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट आएको छ । धुलिखेल अस्पतालमै गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि दोस्रो परिक्षण केन्द्रीय प्रयोगशाला टेकुमा हुँदैछ ।
धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएको थियो। कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको श्वासप्रस्वासमा समस्या देखिएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मृतक महिला सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं. ९ की हुन् । गत वैशाख २५ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो।
मृतकको रिपोर्ट पोजेटिभ आएपछि अहिले कोरोना नियन्त्रण तथा रोकथाम जिल्ला कमाण्ड पोस्टको बैठक बसिरहेको छ। स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल गएको छ ।