सेयर
घोटाला कति सम्झिने गर तिमी, टिस्टेडका ती कुरा
जग्गामा पनि तीन खर्ब जतिको, ओलीज्युको पाखुरा
ओली दुर्जन हुन् र दुष्ट पनि हुन्, भन्ने कुरा प्रष्ट छ
प्यारा गोकुल भानुभक्त जतिको, भन्दा कुनै भ्रष्ट छ
आफ्नो स्वार्थ टिकाउने किसिमको, दुष्कर्म गर्ने उही
भ्रष्टाचार चरीत्र धरेर जहिल्यै, देखिन्छ मर्ने उही
बाँचेको पनि अर्थ छैन खलुवा त्यो प्रेत जस्तै बनी
ओलअंको इतिहास जो बयलको गाडा न हो जीवनी
सत्ता मात्र सधैँ टिकाउन गर्यो, दुष्कर्म त्यो के बुझूँ ?
भ्रष्टाचार छ चार खर्ब बढिको, देखाउँदै बेरुजु
सत्ता खै त दुई तिहाइ मतको, पोलेर खाइसक्यो
हल्ला ब्यापक विश्व जनमा, चर्चा कमाइसक्यो
shere this