नुवाकोटः
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा राहातको चामल पानी ट्याङ्कीमा लुकाइएको अवस्थामा फेला परेको छ ।
कागतीगाउँमा रहेको भवानी माबि नजिकको पानी ट्याङ्ग्कीभित्र ९ बोरा चामाल र एक बोरा दाल भेटिएको हो । राहात वितरण नगरि वडा नम्बर १ का वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले राजनिति गर्न थालेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन् ।
गाउँपालिकाले वडा नम्बर १ लाई राहात वितरणको लागि भन्दै ३४० बोरा चामलसहित दाल र तेल वडाअध्यक्षलाई तीन साताअघि दिएको थियो । वडाध्यक्षले राहात वितरण नगरेको भन्दै गाउँपालिका अध्यक्ष मानवहादुर लामाले असन्तुष्टि पोखेका छन् ।
उनले तत्काल वितरण गर्न भनेर दिएको राहात सामाग्री किन वितरण नगरेको भन्दै आफुहरुले केरकार गर्न शुरु गरेको बताए । राहत सामाग्री राखेको ठाउँबाट हराउनु र पानी ट्यांकीमा लुकाएको अवस्थामा भेटिनु लज्जाबोध र गाउँपालिकाकै बेइज्जत भएको स्थानिय सुभलाल बलामीले बताए ।

लुकाईएको राहत
वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले राहात सामाग्री हराएको बिषमया लज्जाबोध भएको भन्दै घटनाको छानविन भइरहेको बताए । विद्यालयको कोठाभित्र राहात सामाग्री राखिएको थियो, तर केहिदिनपछि त राहात सामाग्री त पानीको ट्याङ्कीमा पो भेटियो, उनले भने । वडाध्यक्ष वलामीले विद्यालयको साँचो धेरै व्यक्तिसँग रहेको भन्दै उनीहरुमाथि छानविन भइरहेको बताए ।
२ महिनादेखिको लकडाउनमा परेपछि अभावमा रहेका जनतालाई राहत नदिएर भण्डारण गरेको ठाउबाट हराएको र लुकाएको अवस्थामा भेटिएको प्रति स्थानिय आक्रोसित भएका छन् । वडामा राहत वितरणमा व्यापक राजनीति भएको गुनासो स्थानीयले गरेका छन् ।