काठमाडौँ ।
देशभरमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार दुई सय चार जना नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सँगै कुल सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ रहेको जानकारी दिए।
आज विभिन्न जिल्लामा गरी एक हजार ४४७ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ४५ हजार दुई सय ६७ छ । हाल निको हुने प्रतिशत ७२ रहेको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् ।
पछिल्लो समय कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ ।









































