-सैलेश वाग्ले
म सानै थिएँ, एउटा सुकिलो पोसाकमा कोदालो बोकेर केहि जमात लिएर आए मेरो आलि खन्न ! म कुद्दै गएँ । उहाँले भन्नुभयो, “छोरा स्कुललाइ बाटो बनाउदै हो ।”
२०६२ सालतिरको कुरा होला म मेवा ढलेको कुनिउ जस्तै जीन्दगीमा रुमलिएको थिएँ । त्यो छोरा शब्द नै प्यारो थियो, जहाँ म त्यो शब्दबाट बन्चित भएको थिएँ । अनि म चादे बोकि उतै लागेँ ।
त्यो समयलाइ हेर्नुपर्दा के स्वार्थ थियो र त्यसमा ? त्यो समयमा र आज आउदा पनि । आज दशकपछि आउँदा र म अनि मेरो गाउँलाइ नजिकबाट नियाल्दा नउदाएको नाम भगवान । कमरेड भन्दै गाउँ लुट्ने त्यो मत्तौलि …… उपल्लो गाँउका दाजै आउदा लोकेन्द्र दाजैको थप्पड अझै याद आउँछ । अन्धकार बाट गाँउ नलुटियोस् ठानेर बिजुलिको खम्बा खम्बामा बात्ति हाले । गाँउ रोएको बेला गाँउसँगै रोए । हरेक किसान मजदुरको पसिनाको मुल्य बुझेर गाँउलाइ एकतामा जोड्दै अर्को नयाँ अभियान सुरु गरे । गोरेटो लाइ फुकाउँदै घरदेखि फाँट र फाँटलाइ बजारसम्म जोड्ने महान कार्यको थालनी गरे । आफ्नो आधा जीवन समाजसेवामा लगानी गर्ने उनि “२०५७ को सेरोफेरो तिर सामान्ती भन्दै लाल अदालतमा मुद्दा दिनेबाटै सुराकी लाग्यो । बुइकलबाट भागे धन्न बाँचीयो बाबु भन्दै बसि-बियालोमा सुनाउथे । समाजबाट पर रहेर पनि समाजसेवा र व्यक्तिगत जीन्दगीबीच कहिले दुरी आउन दिएनन् । निरन्तर लागि नै रहे ।बिपिको दर्शनप्रति आस्था राख्ने उनि आफैभित्र पनि सधैँ आफुलाइ प्रतिपक्षमा उभाउन रुचाउने अन्यायको खुलेर बिरोध गर्ने सच्चा कमरेड ।
हराउन खोज्ने र हराउनेसँग नथाकी निरन्तर यात्रामा बढिरहे । त्यसैेले DEAR COMRADE लाग्छ । वास्तविकता नै यहि हो जस्ले व्यक्ति रोएको देख्छ समाजलाइ दुःखेको महसुस गर्न सक्छ त्यो नै सच्चा परिवर्तनकारी हुन्छ त्यो नै क्रान्तिकारी हुन्छ । समाज रुपान्तरणमा अमुल्य भुमिका खेल्ने भगवान पौडेल आज पनि उतिकै जोशिला अनि आफ्नो कर्मकार्य प्रति अडिक छन् । सामाजिक संस्थाहरुलाइ सहयोग गर्न रुचाउने र युवा पुस्ताको जोस सधैँ समाज परिवर्तनमा हुनुपर्छ भन्ने विचार बोकेका भगवान पौडेल कहिले पनि नमेटिने नाम हो समाजबाट ।