सेयर
साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मङ्गलवार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् । उहाँको कृति बेलायततिर बरालिँदाले २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।
shere this