सेयर
एजेन्सी ।
कोरोना भाइरस उपचार तथा रोकथामका बिषयमा चीन र अमेरिकाबीच वार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग वार्ता भएको जनाउदै सँगसँगै काम गर्न तयार भएको उल्लेख गरेका छन् ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै काम गरिरहेका छौं।’
चीनको वुहानबाट गत डिसेम्बरको अन्त्यमा फैलिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ। केही समय अघि चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो।
अमेरिकाको यो प्रयासले चीन सकारात्मक बनेको छ। दुवै देशले मिलेर काम गर्ने अमेरिकाले प्रतिवद्धता जनाएको छ।
shere this