सेयर
काठमाडौँ ।
राजावादीहरुको आन्दोलनका क्रममा पत्रकारको मृत्यु भएको छ । उग्र बनेका आन्दोलनकारीले तीनकुने क्षेत्रमा आगो लगाएको निजी घरमा एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजक मृत फेला परेका हुन् । बिहानैदेखि आन्दोलनकारीको तस्बिर भिडियो खिचिरहेका पत्रकार रजक तीनकुने क्षेत्रको रिपोर्टिङका लागि आगो लगाइएको भवनको छतबाट दृश्य खिचिरहेका थिए ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।
shere this