काठमाडौँ ।
बामपन्थी नेता स्वनाम साथीको निधन भएको छ । काठमाडौँको मोडल अस्पतालमा उपचाररत साथीको शुक्रबार बेलुका निधन भएको पत्रकार नरेश ज्ञवालीले जानकारी दिनुभयो । निमोनियाबाट ग्रसित स्वनाम साथीको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
केही दिनअघि कोरोना पोजेटिभ देखिएर संक्रमण मुक्त भएका स्वनाम साथीलाई निमोनियाका कारण फोक्सोमा अक्सिजनको मात्रा एकदमै कमी भएपछि फुल अक्सिजन दिनुपरेको थियो ।
कोरोना (कोभिड-१९) संक्रमित भएर गत २८ असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितर पुर्याइएका स्वनाम साथीलाई फेरि निमोनियाका कारण काठमाडौं मोडल हस्पिटलको आईसीयूमा ल्याइएको थियो ।
स्वनाम साथी मार्क्सवादी चिन्तक तथा पुराना वामपन्थी नेता हुन् ।
shere this