सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा गएरातीको पहिरोले घर पुरेको छ । भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा दुई वटा घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । ज्ञान्जेन कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन् ।
अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो। पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए। पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ। प्रहरी र स्थानीय मिलेर हराइरहेकाको खोजी गरिरहेका छन् ।
याे सामग्री सेअर गर्नुहाेस्