काठमाडौं ।
नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । नेपालगन्जको प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
उनीहरु ५ जना पुरुष र ४ जना महिला रहेको र उनीहरु ७ देखि ५८ वर्ष उमेरका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ६९ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका थिए तीमध्ये एक जनामा फेरि कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
shere this