सेयर
विश्व भूटानी साहित्यिक संगठनले विभिन्न कार्यक्रम गरी आफ्नो १२औं बार्षिक उत्सव मनाएको छ । संसारभरि छरिएर रहेका भूटानी साहित्यकार तथा साहित्य प्रेमीहरुको संगठन जिबिएलओले ओहायो राज्यमा एक साहित्यिक कार्यक्रम आयोजना गरि रचना वाचन, पुस्तक विमोचन साथै सम्मान तथा पुरस्कार वितरण गरेर १२ औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रम बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य तथा कर्ण गुरुङको अध्यक्षतामा भएको हो।
कार्यक्रममा साहित्यकार शेखर कोईराला चन्द्रको गजल संग्रह “प्रेमाश्रु” को बिमोचन समेत गरिएको जिविएलओका सचीव लिला अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा ” दिनेश चाम्लिङ राई स्मृति युवा पुरस्कार ” बाट नर्वे निवासी रमेश गौतमलाई $ १००१ रकमले पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा एल.सि.ओ.बि , मातृभाषा संरक्षण समूह अमेरिका, त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग, एस एण्ड के एजुकेशन, युनाईटेड फेमिलि होमहेल्थ केयर, हिमालयन म्युजिक एकाडेमी, विश्व भूटानी संगठन लगायत आधा दर्जन स्रस्टालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
ज्ञान बहादुर क्षेत्री, सुरेन्द्र परदेशी, गोबिन्द गिरी प्रेरणा, बिजय हायतन,
पूर्ण नर्जाली, गण्डकी पुत्र लगायतका सष्टाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा जिबिएलओले अनलाइन माध्यमबाट सञ्चालन गरेको नेपाली भाषा कक्षाको परिक्षाफल प्रकाशन गरिएको थियो ।
दोस्रो दिनको सत्रमा संगठले भावीदिनमा आउन सक्ने चुनौती, भावी कार्यक्रम र हुँदै गरेका गतिविधि सम्बन्धि छलफल गरेको थियो । कार्यक्रम स्रस्टा भ्रमण गरेर औपचारिक रुपमा समापन गरिएको आयोजकले जनाएको छ।
केशब घिमिरे अमेरिकाबाट
shere this