
चितवन ।
चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्तरगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताउनुभयो । उहाँले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा.प्रा डा बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
दातको समस्यासँगै अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिइ दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा. दशरथ काफ्लेले बताउनुभयो ।
अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुने डा. पुजा कोइरालाले बताउनुभयो । यो शल्यक्रिया अति नै सुक्ष्म र सम्वेदनशील हुने भएकोले यसको सफलतामा, सही योजनाले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
यो अर्थोग्न्याथिक शल्यक्रिया उपचार अन्य यस्ता खालका बिरामीको लागि कोशेढुङगाको रूपमा साबित हुने कोइरालाको भनाइ छ।
पहिलो शत्र चितवन मेडिकल कलेजमा र बाँकी दुइ दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताउनुभयो । बढ्ने उमेरका बालबालिकामा तल वा माथिको जवडाको समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्दतिबाट समाधान गरिन्छ ।









































