काठमाडौं ।
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृ बन्धु चन्द रिहा भएकी छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष समेत रहेकी चन्द झन्डै १४ महिनापछि आज कपिलवस्तुको तौलिहवाबाट रिहा भएकी हुन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उनलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म आधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेकाे थियो ।
सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा प्रहरीले राखिएकाे थियोे तर उनलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छाेड्ने आदेश दिइराखेकाे थियो । तर प्रहरीले भने पटक पटक अदालत परिसरबाटै उनलाई गिरफ्तार गरिरहेको थियो । मंगलबार उनलाई सर्वोच्च अदालतबाट रिहा गर्न आदेश आएको थियो ।
विप्लव नेतृत्व नेकपाका नेता कार्यकर्ताहरुमा नेतृ चन्द सबभन्दा लामाे जेल जीवन बिताउने नेतृ हुन ।