काठमाडौँ ।
कोरोना बिरामीको उपचाबाट सरकार पन्छिएको भन्दै विभिन्न बामपन्थी २१ राजनीतिक संगठनले सरकारी निर्णय खारेज नभए सरकारविरुद्ध सडकमा उत्रने चेतावनी दिएका छन् । विभिन्न २१ राजनीतिक संगठनको तर्फबाट सी. पी. गजुरेलको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा सरकारले संविधानको धारा ३५ खुल्ला उल्लंघन गरेको उल्लेख छ ।
यही कार्तिक २ गते सरकारले अहिलेसम्म कोभिड – १९ को उपचार खर्च सरकारले बेहोर्दै आएकोमा अब आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने, बिरामी आफैँले यसको जिम्मा लिनुपर्ने बताएको थियो । २१ दलीय संगठनले सो निर्णय तत्काल खारेज नगरे सरकारको विरोधमा महामारीको पर्वाह नगरी सडकमा उत्रन बाध्य हुने बताएका छन् ।
shere this