नेकपा (बहुमत) की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न अहिले झाँक्री निवासमा प्रहरी पुगेको छ । ठूलो सङ्ख्यामा पुगेका प्रहरीका विरुद्ध झाँक्री समर्थकले नाराबाजी गरिरहेका छन् ।
झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको बताइएको छ ।
shere this