काठमाडौं ।
तीनदिनदेखी बेपत्ता पत्रकार बलराम बानियाँको शव फेला परेको छ । उनले आत्महत्या गरेका हुन् । जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका पत्रकार बानियाँको शव हेटौंडामा फेला परेको छ खबर जनआस्थान्युजले लेखेको छ । बाँनिया तीनदिनदेखि बेपत्ता भएको उजुरी प्रहरीमा परेको थियो ।
दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।
असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए । अस्ति मात्र सम्पादक सुधीर शर्मासङ्ग यौटा लेखबारे उनको फोनमा कुरा भएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताए ।
प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।