सम्माननीय प्रधानमन्त्री श्री खड्गप्रसाद ओली ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री श्री माधव कुमार नेपाल ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री श्री झलनाथ खनाल ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ज्यू
सम्माननीय भुतपूर्व प्रधानमन्त्री श्री खिलराज रेग्मी ज्यू
भुतपूर्व उपप्रधानमन्त्री ज्यूहरु
रामचन्द्र पौडेल ज्यू – काठमाडौँ
उपेन्द्र यादव ज्यू – काठमाडौँ
कमल थापा ज्यू – काठमाडौँ
चन्द्रप्रकाश मैनाली ज्यू – काठमाडौँ
चित्रबहादुर केसी ज्यू – काठमाडौँ
बिमलेन्द्र निधी ज्यू -काठमाडौँ
नारायणकाजी श्रेष्ठ ज्यू – ललितपुर
विजयकुमार गच्छदार – काठमाडौँ
बामदेव गौतम – ललितपुर
इश्वर पोखेरल – हाल उपप्रधानमन्त्री
महोदय,
नेपालका हालका प्रमुख तपाईहरुबाट झन्डै ३ करोड नेपाली र १८१६ को नक्सा अनुसारको नेपालको भुमिले तपाईतिर हेरीरहेछ अब अनादिकालसम्म हेरीरहनेछ।
नेपालको संसदमा २०७६ सालदेखि कानुनी रुप लिन अमेरिकाको रक्षा मन्त्रालयको ५० करोड अमेरिकी डलर (नेपाली ५५ अर्ब रुपैया जति बिजुली टावर, तार र मोटरबाटो मर्मत निर्माण गर्न नामको) रकम लिनका लागि नेपालका प्रचलीत कानुन (प्रमुख कानुन समेत) निस्क्रिय हुनेगरि अमेरिकाको सुरक्षा मन्त्राल्यको रकम MCC नामको संस्था मार्फत किन लिन लाग्नुभएको हो ? यसमा के छ ? हाल नेपालको संबिधानको धारा २७९ का सबै दफा अनुसार के हो ?
मानिसको नजिकको प्यारो जन्मदिने आमा कर्म सिकाउने बाबु हुन्छ तर आमा बाबु बिचको झागडा भएर बाबुले आमालाई मार्यो भने ज्यानमारा हो कि होइन ?
अमेरिकी पैसासँग अमेरिकी सेना हतियार प्रोजेक्ट सुरक्षा भन्दै अमेरिकी दुतावासले पूर्वमा झापादेखि ५ ठाउँमा किनेको जग्गा अमेरिकी सेना बंकर बनाएर हातहतियार सेना राखेर उतर दक्षिण सबै तिर धम्काउँदै नेपालको बहुमूल्य खनिज अमेरिकाको तैनाथ हुन्छ नेपाली कुनै किरा सरि मर्छ।
यो योजना निर्माणका लागि नेपाली जनताबाट चन्दा उठाएर योजना निर्माण गरौं । यो MCC बाट आउने पैसा नलिऔं ।
हामी हाम्रो साँध मिच्यो भन्छौं कालापानी लगायत पूर्व, दक्षीण, पश्चिम योभन्दा पनि खराब परिणाम भोग्नुपर्छ ।
धन्यवाद ।
बोधार्थ
३ करोड नेपाली दाजुभाई दिदीबहिनी सबैलाई अनुरोध
निवेदक
रामप्रसाद ढुंगाना, बेल्कोटगडी १ नुवाकोट