सेयर
रोल्पाको प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत रहेका सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरे।
नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए भने कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे।
माओवादी जनयुद्धमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइतेसमेत हुन्। सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेश सभा १ नेपाली कांग्रेसलाई दिएपछि उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
shere this