काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ४५ पुगेको हो ।
काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो ।
२४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना हुन् ।
थपिएका संक्रमित मध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारका हुन् । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।
उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् ।
कपिलवस्तुका ८ जनामध्ये चार जना सुरक्षाकर्मी हुन् । दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।
नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Recent Comments