कालिकोट ।
बर्षापछिको पहिरोले कालिकोटमा ६ जनाको मृत्यु भएको छ । कालिकोट महाबै गाउँपालिका ३ मा गएको पहिरोले एक घर पुरेको हो । गएरातीको पहिरोले वडासदस्य रजबहादुर बिष्टको घर पुर्दा एकै घरका ६ जनाको मृत्यु भएको हो ।
नकु गाउँमा गएको पहिरोमा परि वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

तस्विरः रमेश रावलबाट
मृत्यु हुनेमा रज बिष्टका १३ वर्षका छाेरा पुष्प विष्ट, ११ बर्षका प्रविण, १८ बर्षिया छाेरि सविना, १५बर्षिया आशा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख श्यामबाबु ओलियाले बताए ।
यस्तै डिलबहादुर बिष्टका १३ बर्षिया छाेरि शान्ति विष्ट र १९ बर्षिया रेखा बिष्टकाे पहिराेमा परि मृत्यु भएकाे छ ।







































