नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले त्रैमासिक पत्रिकाको प्रकाशन सुरु गरेको छ ।शास्त्रार्थ त्रैमासिकको पहिलो अंक प्रकाशित भएको छ । केन्द्रीय समितिले प्रकाशन गरेको त्रैमासिकको पहिलो अंकमा पार्टीका महासचिव विप्लवको लेख समावेश छ । लेखमा विप्लवले नेपाली समाजको वर्तमान राजनीतिक, आर्थिक, सांस्कृतिक समस्याको जड भनेको व्यवस्थाको जड भएको उल्लेख गरेका छन् । पात्र वा सरकार मात्र बदलेर सम्स्याको समाधान सम्भव छैन भन्ने लेखको सार छ । उनले सत्तामा नै परिवर्तन आवश्यक रहेको दाबी गरेका छन् ।
त्यसैगरी प्रा.कृष्ण खनालको लेख समावेश छ । जसमा व्यवस्थाको नभएर पात्र वा नेतृत्वकर्ता राम्रो भए देशको समस्या समाधान गर्न सकिने उल्लेख छ । २००७ सालयता भएका फरक फरक राजनीतिक परिवर्तनले देशलाई किन समृद्ध बनाउन सकेन त ? भन्ने प्रश्नमा लेखक मौन छन् ।
त्यसैगरी लेखक आहुतीले राजनितिक अस्थिरताको कारण राज्यसत्ता नै रहेको दाबी गरेका छन् भने विद्धान मोहना अन्सारीले राजनितिक र आर्थिक सङ्कट अझै गहिरिँदै जाने प्रक्षेपण गरेकी छन् ।