– क. माओ त्सेतुङ (८ सेप्टेम्बर १९४४)
हाम्रो कम्युनिस्ट पार्टी र पार्टीको नेतृत्वमा काम गर्ने आठौँ मार्गसेना तथा नयाँ चौथो सेनाहरू क्रान्तिकारी पंक्ति हुन् । हाम्रा यी पंक्तिहरू सम्पूर्ण रूपले जनताको स्वार्थमा काम गर्छन् । कामरेड चाङ श–त’ हाम्रा यिनै पंक्तिका एकजना साथी हुनुहुन्थ्यो ।
सब मान्छेले एक दिन अवश्य मर्नुपर्छ, तर हरेक मृत्युको महत्व अगल–अलग हुनसक्छ । चीनका प्राचीन लेखक शुमा छ्यनले भन्नुभएथ्यो, “मृत्यु सबैमाथि समान रूपले आए तापनि यो थाई पर्वतभन्दा पनि गह्रौं अथवा प्वाँखभन्दा पनि हलौं हुन सक्छ ।” जनताको लागि मर्नु थाई पर्वतभन्दा गह्रौं हुन्छ, तर फासिस्टहरूको लागि काम गर्नु र शोषक र थिचाहा–मिचाहाहरूका लागि मर्नु प्वाँखभन्दा पनि हलौं हुन्छ । कामरेड चाङ श–त जनताको लागि मर्नुभयो र वहाँको मृत्यु निश्चय नै थाई पर्वतभन्दा पनि गह्रौँ छ ।
हामीमा कमजोरीहरू छन् भने तिनलाई देखाउँदा र आलोचना गर्दा हामी डराउँदैनौं, किनभने हामी जनताको सेवा गर्छौं । जो होस्, कसैले पनि हाम्रा कमजोरीहरूलाई देखाउन सक्छ । उनका कुरा ठीक “असल छन् भने हामी आफ्ना कमजोरीहरूलाई सुधार्छौं । उनको सल्लाहले जनतालाई फायदा हुन्छ भने, हामी त्यसलाई अपनाउँछौँ । फौज र सरल प्रशासन” को विचार श्री ली तिङ–मिङले पेश गर्नु भएथ्यो । वहाँ कम्युनिस्ट हुनुहुन्न तापनि वहाँले जनतालाई फाइदा हुने राम्रो सल्लाह दिनुभयो र हामीले त्यसलाई अपनाएका छौं । हामी जनताको स्वार्थमा सही काम गर्न डटिरहन्छौं र गलत कुरालाई सुधार्छौं भने हाम्रा पंक्ति अवश्य नै फल्ने–फुल्ने छन् ।
हामीहरू देशका कुनाकुनाबाट यहाँ आएका छौं र एउटै साझा क्रान्तिकारी उद्देश्यको लागि एकजुट भएका छौं । हामी यो उद्देश्य प्राप्त गर्ने बाटोमा आफूसँगै हिँड्ने जनताको विशाल बहुसंख्या चाहिन्छ । आज हामी नौ करोड दश लाख जनसंख्या भएका आधार– क्षेत्रहरूको नेतृत्व गर्दैछौं, तर यत्ति नै मनग्गे छैन, सम्पूर्ण राष्ट्रलाई मुक्त गर्न अझ बढ्ता चाहिन्छ। अप्ठ्यारो समयमा हाम्रा कामरेडहरूले आफ्ना उपलब्धिहरूलाई देख्न छाड्नु हुँदैन, उज्ज्वल भविष्यलाई अवश्य नियाल्नुपर्छ र आफ्नो साहस बढाउनैपर्छ । चीनियाँ जनता दुःख पाइरहेका छन्, उनीहरूलाई बचाउनु हाम्रो कर्तव्य हो र मेहनतपूर्वक हामीले आफूलाई संघर्षमा लगाउनैपर्छ । जहाँ संघर्ष हुन्छ, त्यहाँ बलिदान हुन्छ र मृत्यु त सामान्य घटना बन्छ । तर हाम्रा हृदयमा जनताका स्वार्थ र विशाल बहुसंख्यक जनताका दुःखकष्टहरू छन् र हामी जनताको लागि मछौं भने त्यो मरण गौरवशाली हुन्छ । तैपनि, हामीले अनावश्यक वलिदानहरू हुन नदिन ज्यानसक्तो कोशिस गर्नैपर्छ । हाम्रा कार्यकर्ताहरूले हरेक सिपाहीको हेर–विचार अवश्य नै गर्नुपर्छ, तथा क्रान्तिकारी पंक्तिका सबैजनाले एक दोश्राको ख्याल अवश्य नै गर्नुपर्छ, एक दोस्रालाई माया र सहयोग अवश्य नै गर्नुपर्छ ।
अबदेखि, अलिकति पनि लाभदायक काम गर्ने हाम्रो पंक्तिका भान्से अथवा सिपाही, जोसुकैको मृत्यु भए पनि हामीले अन्तिम संस्कार गर्नुपर्छ र उनको सम्मानमा सम्झना–सभाको आयोजना गर्नुपर्छ । यो एउटा नियम नै बन्नुपर्छ र यसलाई आम जनतामा पनि चलाउनुपर्छ । गाउँमा कसैको मृत्यु हुँदा सम्झना–सभाको आयोजना गर्नुपर्छ । यसरी हामी मृत व्यक्तिप्रति आफ्नो शोक प्रकट गर्छौं र सम्पूर्ण जनतालाई एकजुट पार्छौं ।
–टिप्पणीहरू–
१. कामरेड चाङ श–तको जन्म सन् १९१५ मा सेचुआन् प्रान्तको इलुङ विभागको ल्यु हो चाङ नामक एउटा गाउँमा भएको थियो । यस गरीब परिवारमा चारजना सदस्य थिए । वहाँको बाबु र दाज्यू शोषक जमिन्दार कहाँ काम गर्नुहुन्थ्यो । कडा मेहनतले गर्दा वहाँहरूले पहिले आफ्नो स्वास्थ्य र अन्त्यमा आफ्नो जीवन नै गुमाउन बाध्य हुनुप¥यो । कामरेड चाङ श–तको उमेर सात महीनाको मात्र हुँदा वहाँकी आमा बिरामीले मर्नुभयो । काकी पर्ने एउटी आइमाईले वहाँको हेरविचार गर्नुभयो । तर काकी पनि धेरै गरीब हुनुहुन्थ्यो । त्यसले गर्दा १२÷१३ वर्षको उमेरमा वहाँले एउटा जमिन्दारकहाँ काम गर्नु पन्यो । अगस्त १९३३ मा चाङ लालसेनामा भर्ना हुनुभयो । त्यही वर्ष “नौजवान कम्युनिस्ट लीग” को सदस्य बन्नुभयो । पछि कम्युनिस्ट पार्टीको सदस्यता पाउनुभयो । पच्चीस हजार ली (करीब एक माइलको एक तिहाइ भाग बराबर एक ’ली’ हुन्छ) को लामो अभियानमा भाग लिँदा खेरि वहाँ घायल हुनुभएथ्यो । ५ सेप्टेम्बर, १९४४ मा आनशाई विभागको पहाडी इलाकामा दाउराको गोल बनाउँदाखेरि अचानक भट्टी धँस्नाले त्यसभित्र पुरिएर वहाँको मृत्यु भयो । मर्ने बेलामा पनि वहाँ एकजना लडाकू सिपाही हुनुहुन्थ्यो । त्यस बेला वहाँको बहाली पार्टी केन्द्रीय समितिको रक्षा विभागमा थियो । वहाँ जिन्दगीभरि पार्टी एवम् जनताप्रति इमान्दार रहनुभयो र कठोर मेहनत तथा दुःखको बेलामा पनि वहाँ आफ्नो उद्देश्यबाट डग्नुभएन । बरु उल्टै अझ दृढप्रतिज्ञ बनिरहनुभयो । यसरी वहाँको जीवनी एउटा सच्चा कम्युनिस्टको कहानी हो ।
कामरेड चाङको मृत्युपछि वहाँको सम्मानमा पार्टी केन्द्रीय समितिको सक्रियतामा ८ सेप्टेम्बर १९४४ मा एउटा सम्झना–सभा भएको थियो । यो सभामा अध्यक्ष माओले कामरेड चाङको सम्झनामा “जनताको सेवा गर“ नामक एउटा भाषण दिनुभएको थियो । त्यो बाहेक अध्यक्ष आफैले वहाँको समाधिमा “जनताको भलाइको लागि जीवन अर्पण गर्ने कामरेड चाङ श–तलाई अभिनन्दन“ भन्ने एउटा अभिलेख लेख्नुभयो ।
यो सम्झना –सभामा दिइएको भाषण आज अध्यक्षका विश्व–प्रशंसित रचनाहरूमध्ये एक हो । “जनताको सेवा गर’ कम्युनिस्ट शिक्षामालामा एउटा उच्च आदर्श भएको रचना हो । बीस वर्षभन्दा पनि बढी समयदेखि अध्यक्षको यो लेखले पार्टी कार्यकर्ता, सैनिक र क्रान्तिकारी जनसमुदायको वर्गचेतनालाई उँभो उकास्न तथा मानसिक प्रवृत्तिहरूलाई क्रान्तिकारीकरण गर्नमा धेरै वल दिएको छ ।
२. शुमा छयन ईशापूर्व दोस्रो शताब्दीका चीनका एक जना नामी विद्वान् इतिहासकार हुनुहुन्थ्यो । वहाँ एक सय तीसवटा रचनाहरू भएको “ऐतिहासिक विवरणहरू“ नामक ग्रन्थका लेखक हुनुहुन्थ्यो । यो उद्धरण वहांको “रन शाओ–छिडको चिठ्ठीलाई जवाफ” शीर्षक रचनाबाट झिकिएको हो ।
३. “असल फौज र सरल प्रशासन” जापानी आक्रमण विरोधी युद्धको दौरान चीनियाँ कम्युनिस्टपार्टीले लागू गरेको एउटा महत्वपूर्ण नीति थियो । यसअनुसार जापान बिरोधी आधारक्षेत्रहरूमा पार्टी सरकार र फौजका संगठनहरूमा सामेल कर्मचारीहरू र खास गरी प्रशासनिक तथा गैर लडाकू कर्मचारीहरूको संख्यालाई न्यूनतम हदसम्म कम गरिन्थ्यो । त्यसले जनतामाथि परेको बोझलाई कम गर्न तथा सशस्त्र शक्ति अनि पार्टी र सरकारका संगठनहरूलाई अझ ज्यादा लचिला, खँदिला र कार्यकुशल बनाउन मद्दत गर्यो । परिणामस्वरूप तिनीहरू जापानी आक्रमणकारीहरू र क्वोमिन्ताङ प्रतिक्रिया–वादीहरूको आक्रमण र नाकाबन्दीहरूको मुकाबिला गर्न र अन्तिम विजय प्राप्त गर्न अझ बढी सक्षम भए ।
४. श्री लि तिङ–मिङ उत्तरी शेन्सी प्रान्तका एक जना चेतनशील जमीन्दार हुनुहुन्थ्यो । वहाँ एक चोटी ’शेन्सी–कान्सु–निङश्या सीमा क्षेत्र सरकार’को उपाध्यक्षको पदमा चुनिनुभएको थियो ।
५. त्यस समयको ‘शेन्सी–कान्सु–निङश्या सीमा क्षेत्र र उत्तर मध्य तथा दक्षिण चीनका तमाम मुक्त क्षेत्रहरूको जम्मा जनसंख्या यति थियो ।