सेयर
संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । पत्रकार भविन कार्कीका अनुसार बिहान भएको दुर्घटनामा ५ जनाको जिवितै उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि गरेको कार्कीले जानकारी दिनुभयो । मृतकहरुको पहिचान भएको छैन्।
संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो ।
shere this









































