अहंकार को यात्रा !
सत्ता को मात !
बंकर को बाँस !
हनुमान को हस्ते !
कमिसन को करार !
माफिया को मलम !
कमरेड को करकाप !
मान्य छैन कमरेड
तिम्रो अत्याचारी तर्क !
स्वीकार्य छैन कमरेड
तिम्रो दमनकारी शासन !
किनकी महोदय,
कमरेड को नाम मा कलंक तिमी !
नेता को ब्राण्ड मा निर्दयी तिमी !
युग को रक्तपिपासु युद्धचारी तिमि !
तिमिलाइ थाहा छ?
तिमिले बजारेको बुटले
श्रमिक को शरीरबाट रगत निचोरिन्छ ।
तिमिले दिएको निर्देशनले
सुकुम्बासी बस्ती उजाड हुन्छ ।
तिमिले खाएको चौरासी ब्यन्जन ले
किसान को गास लुटिन्छ ।
तिमी हिड्दा बजेको साइरन ले
ठेला मा जीवन धान्ने को भागदौड मचिन्छ ।
तिम्रा हुकुमि फर्मान हरुले
असंख्य मानिस को जीवन उजाडिन्छ ।
अन्याय बिरुद्ध बोल्दा
मुख मा पट्टि लगाउन लाउने तिमी !
क्रान्ती ओकल्दा
प्रतिबन्ध लगाउने तिमी ।
वर्गसंघर्ष को कुरा गर्दा
दमन र हत्या गर्न लगाउने तिमि ।
अँह कदापी छैन स्विकार्य !
तिम्रो असत्य बन्धन हरु ।
तिम्रो सत्ता को आदेश हरु ।
तिम्रो तानाशाही हुकुम हरु ।
तिमी अक्षर मेटाउन सक्लाउ !
कलम भाँच्न सक्लाउ !
नेल लगाउन सक्लाउ !
संगिन घोच्न सक्लाउ !
तर अहँ सक्दैनौ
आवाज बन्द गर्न ।
बिचार का ज्वारभाँटा रोक्न ।
चेतना को विद्रोह निभाउन ।
कमरेड
तिमी कथित कमरेड !
तिम्रा महलहरु मा आगो झोस्ने क्रान्ती को ज्वाला दन्कीरहेछ ।
तिम्रा बिरुद्ध तुफानी बिद्रोह गुन्जिहेछ ।
तिम्रा तनाशाहि जन्जिरहरु तोड्न गाउँ शहर उठिरहेछ ।
मालेमावाद को रक्त रन्जित झन्डा फहराइ रहेछ ।
Recent Comments