सेयर
काठमाडौँ १६ मंसिर ।
आइतबार देशका विभिन्न ४२ पालिकामा भएको चुनावमा मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार ६२ प्रतिशतभन्दा बढि मत खसेको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले स्थानीय तहका विभिन्न रिक्त पदमा आइतबार सबै स्थानमा शान्तिपूर्वक मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म जारी थियो । अधिकांश स्थानमा निर्धारित समयभन्दा अघि नै मतदान सम्पन्न भएका थिए । मतगणना आज बेलुकाबाट नै हुनेछ । कतिपय वडाहरूको नतिजा राती नै आइपुग्ने बताइएको छ ।
shere this