बाँकेका विभिन्न सरकारी कार्यालयमा नागरिक सहायता कक्ष (हेल्पडेस्क) सञ्चालन गर्दै आएको बासले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २२ मा आज हेल्पडेस्क उद्घाटन गरेको छ ।
वडामा आउने सेवाग्राहीहरुलाई सहयोग गर्ने तथा वडाले प्रवाह गर्ने सेवा तथा सुविधाहरुलाई प्रभावकारि बनाउन सहयोग पुर्याउने उद्धेश्यले सो हेल्पडेस्क सञ्चालन गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को सहयोग तथा बासको ब्यवस्थापनमा सञ्चालन हुने हेल्पडेस्कको एक कार्यक्रमका बिच वडा अध्यक्ष विद्याराम बर्माले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बर्माले वडाको काममा सहजता ल्याउन हेल्पडेस्क प्रभावकारि बन्ने बिश्वास ब्यक्त गरे । उनले हेल्पडेस्क सञ्चालन पश्चात वडामा आउने सेवाग्राहीहरुलाई छिटो छरीतो सेवा प्राप्त हुने उनले बताए ।
बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने कार्यक्रममा वडा सचिब भुविन्द्र प्रसाद कडेंल, गैर सरकारी संस्था महासँघ बाँकेका सचिब आशिष बर्माले बोलेका थिए । बासका निर्देशक हेमराज भट्ट, केन्द्रीय सदस्य मुना बिष्ट लगायतको उपस्थिती रहेको उद्घाटन कार्यक्रमको समापन बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले गरेका थिए ।








































