सेयर
चिनियाँ राष्ट्रपति सी चिनफिङ किसानका खेतबारीमै पुग्ने गरेका छन् । किसानलाई कर्ममा प्रोत्साहन दिन र उत्पादन बढाउनेतर्फ राष्ट्रपति सी को अभ्यासलाई धेरैले प्रशंशा गरेका छन् ।
उनले चीनको स्वायत्त प्रदेश निनसिया हुइमा गरिबी हटाएर सम्पन्नता ल्याउन आफूले कुनै कसर नछोड्ने भनी गरेको सम्बोधनलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका प्रकाशित गरेका छन् ।
उनी बुधवार सो प्रान्तमा गएर किसानहरूसँग छलफल गरेका थिए । सीले केही महिना यता युनान, बेइजिङ, हुबेई जिज्याङ, सान्सी प्रान्तमा भ्रमण गरिसकेका छन् ।
उनले किसानहरूलाई कम्युनिस्ट पार्टीका योजनाहरूलाई पूर्ण रूपमा लागू गर्न स्थानीय अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
shere this