सेयर
-भरत सिग्देल
घिन्ताङ घिन्ताङ मादलुको ताल भुल्यौ कि ?
माझी दाइले माछा मार्ने जाल भुल्यौ कि ?
तारे होटल, डान्स बारमा झुम्दैछौ रे आजकल
साग, सिस्नो,ढिँडो, अनिकाल भुल्यौ कि ?
सिंहासनकै वरिपरि परिक्रमा गर्छौ
पुर्वी पहाड बेथान, गढी, तिमाल भुल्यौ कि?
बालुवा र गिटीसँग सुनको धुरी साट्यौ
कृष्णभिर र त्रिशुलीको छाल भुल्यौ कि ?
कलेजीमा घाउ लगाई बाचा, कसम तोड्यौ
रक्तरञ्जित बन्दुकका नाल भुल्यौ कि ?
shere this









































