सेयर
-प्रदिप नेपाल
बेल्कोटगढी ०६ नुवाकोट
यो महामारीमा नि लुट्न छोडिदेउ न सरकार
सोझासाझा जनता कुट्न छोडीदेउ न सरकार
खान नपाइ दुखी गरिब भोकभोकै मर्न लागे
कानमा तेल हाली सुत्न छोडिदेउ न सरकार
नैतिकता/स्वाभिमानको झुटा कुरा कति गर्छौ
भो हावादारी कुरा चुट्न छोडीदेउ न सरकार
सोझासाझा जनता कुट्न छोडीदेउ न सरकार
यो महामारीमा नि लुट्न छोडिदेउ न सरकार
shere this