लुम्बिनी ।
सुनवल जेसिज पश्चिम नवलपरासीमा नयाँ नेतृत्व चयन भएको छ । शाखाको दसौँ अधिवेसनले वर्ष २०२२ का लागि जमुना थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेसनले कार्यकारिणी उपाध्यक्षमा विनोद पाण्डे र सोमप्रसाद पौडेललाई चयन गरेको छ ।
यस्तै उपाध्यक्षहरुमा विश्वास श्रेष्ठ, दिलबहादुर तिवारी, कृष्णप्रसाद ढकाल, जंगबहादुर मल्ललाई चयन गरेको सुनवल जेसिजका पूर्व अध्यक्ष उत्सव पौडेलले जानकारी दिनुभयो ।
जसिजको विधानमा महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार र निर्देशकहरु अध्यक्षले मनोनित गर्ने प्रावधान छ । वर्ष २०२१ का अध्यक्ष बासुदेव पौडेल निवर्तमान अध्यक्ष रहनुहुनेछ । सुनवल जेसिजको नेतृत्व दोस्रोपटक महिलाले गरेका छन् । यसअघि वर्ष २०१९ मा ममता पौडेल अध्यक्ष हुनुभएको थियो । जेसिजमा एक व्यक्ति एक पद एक कार्यकालको व्यवस्था छ ।