सेयर
बि.सं. २०२४ को बैशाखमा संयुक्त राष्ट्र संघका महासचिव उ थान्तको नेपाल भ्रमणमा राजा महेन्द्रसँग लुम्बिनी घुम्न गएका थिए । यहि उ थान्तको भ्रमण नै लुम्बिनीको आमुल परिवर्तनको प्रमुख आधार स्तम्भ बन्यो ।
लुम्बिनीलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिने सुझाब सहितको लुम्बिनी गुरूयोजनाको चाहनामा साथ दिन आग्रह गरे ।
त्यसपछि २०२६ को पौषमा UNDP को एउटा टोलीले आगामी याेजनाको लागी पूर्वाधारको थालनी गरे । २०२७ मा बुद्ध धर्मका अनुयायी १३ राष्ट्र सम्मिलित International Committee for the Development of Lumbini गठन भयो । २०२९ मा Kenzo Tange बाट गुरूयाेजनाको खाका तैयार भयो ।
जसलाई Kenzo Tange Master Plan भनिन्छ । यसलार्इ नेपाल सरकारले स्विकृती दिए पछि यो कार्यले निरन्तरता पायो । उ थान्तको सपनाले साकार रूप पायो । त्यसैले उ थान्तले आफ्नो जीवनीमा “लुम्बिनी भ्रमण मेरो जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो” भनेर लेखेका छन् ।
पहिलो तस्विर बि.सं. १९८८ मा केशर शम्शेरको लुम्बिनी भ्रमण तथा उत्खनन गर्दाको हो र दोश्रो तस्विर Kenzo Tange Master Plan को शुभारम्भ पछि तैयार भएको पहिलो परिवर्तनको हो ।
shere this