सेयर
सपनाको अड्डामा
एकथान सपना थियो ।
एक आङ नाना
एक छाक खाना छोडेर
प्रचण्ड वेगमा कुदौँ र जुटौँ
एकले थुके सुकी
सयले थुके नदी ।
इमानले लडे
थुप्रै-थुप्रै मोर्चाहरु
तर, ती थुप्रै-थुप्रै मोर्चाहरु
जितेर आफैंसँग हारेर
मतलव
उ शहीद भएको छ।
प्रचण्डपथ-जिन्दावाद !
मालेमावाद-जिन्दावाद !!
नारा घन्काइरहने
युद्धमोर्चामा लडिरहने
एकथान भुइँमान्छे
अर्थात उ
उसले शहादत पाएको छ।
“मरेर शहीद हुनेहरु
जिएर त हेर,
जिउन झन् गाह्रो छ !”
-कवि भूपीले भने झैँ
सपनाको अड्डाहरुमा
सपना देख्दै
अधुरा सपनाहरु छोडेर
तारापुञ्ज भनेका योद्धाहरू हो
जिउन त्यसै उसै गाह्रो छ
तिम्रो बलिदानले
सिञ्चित रक्तरञ्जित सपनाहरु
तथाकथित भएको छ।
यसैले त मन अचाक्ली बैचन छ
पुर्व-पश्चिम यस्तैउस्तै बेहाल
अनि
बाँचेका आधाउदि मन
छियाछिया छ।
-तेज दोङ’उर्जा’
पुर्व छापामार
shere this