काठमाडौँ ।
नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) नवलपुरको अध्यक्षमा विष्णु कँडेल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको दोस्रो अधिवेसनबाट १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । शनिबार बिहान सकिएको मतगणना अनुसार निकटतम प्रदिद्वन्दी जीवनराज सापकोटालाई ३ मतले पराजित गर्दै ५५ मतका साथ कँडेल अध्यक्षमा निर्वचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी शंकर खरालले २४ मत पाउनुभयो ।
संघको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा पौडेल, थोक तर्फ उपाध्यक्षमा सुर्य प्रसाद सुवेदी, खुद्रातर्फको उपाध्यक्षमा ओम बहादुर महतो निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा ईश्वरी प्रसाद घिमिरे, कोषाध्यक्षमा पशुपति भूषाल(राजु) सचिवमा जिवन पौडेल र उप कोषाध्यक्षमा नारायण घिमिरे निर्वाचित हुनुभएको छ । सदस्यहरुमा चिन्तामणि महतो, नारायण घिमिरे, झम्कनाथ सुवेदी (रवी), सोमनाथ शर्मा र शेरबहादुर मल्ल निर्वाचित हुनुभएको छ ।









































