काठमाडौं ।
कोरोना भाईरससँग लडिरहेको चीनले नेपालमा संक्रमण फैलन नदिन पुर्ण सतर्कता अपनाएको जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले नेपालमा हुने नियमित उडानलाई घटाएको दाबी गरेकी छन् । उनले समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताइन ।
नेपाली सञ्चारमाध्यममलाई अन्तर्वार्ता दिदैँ यान्छीले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताइन् ।
महामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदुत यान्छीको भनाई छ । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन् ।
राजदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको माहामारीबाट आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् ।
उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।
Recent Comments