बिरामी भएको २० दिनपछि उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक भएका छन् । उनी मे दिवसका दिन हिजो एक कार्यक्रममा सार्वजनिक भएका हुन् ।
किमको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहँदा उनी सार्वजनिक भएका हुन् । यसअघि उनी मृत भइसकेको सम्मका समाचारहरु बाहिर आएका थिए ।
हालैमात्र कोरियाली सेन्ट्रको वानसनस्थित निवासको स्याटलाइट तस्बिर सार्वजनिक भएको थियो । तस्बिरमा रेल रोकिएको थियो । प्रायः निजी विमानमा यात्रा गर्ने किम जोङ उनको कम्पाउन्डमा रेल राखिनुलाई उनी गम्भीर विरामी परेको र विमानमा यात्रा गर्न नसक्ने अवस्थामा रहेको अनुमान गरिएको थियो ।
यसअघि किम जिवितै रहेको पुष्टि भइसकेको थियो । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरेको थियो ।
११ अप्रिल देखि उत्तर कोरियाली नेता किम सार्वजनिक भएका थिएनन् । उनले पार्टी पोलिटब्युरोको बैठक गरेपछि नदेखिनुले गम्भीर विरामी परेको या निधन भइसकेको समाचारहरु आएका थिए ।