सेयर
काठमाडौं (एजेन्सी)
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था विग्रेको छ । आज उनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।
आईसियुमा राखिएका प्रधानमन्त्री जोन्सन होसमै छन् । उनको स्वास्थ्य अवस्था खराब भएपछि आइसियुमा राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जोन्सन कोरोना संक्रमणको पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बस्दै आएका थिए । संक्रमण पुष्टि भएको १० औँ दिनमा उनलाई अस्पताल लगिएको थियो ।
प्रधानमन्त्री आइसियुमा भर्ना भएपनि विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
shere this